पोखरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु
पाेखरा | असार २६, २०८१
पोखरा: पोखरामा आज बिहान घर माथिबाट आएको पहिरोमा पुरिदा एकजनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–२७ सहेहलापाटास्थित ५१ वर्षीय मनबहादुथापाको ब्लकले बनेको घर माथिबाट आएको पहिरोले घर पुरिदा २२ वर्षीय भिम बहादुर थापाको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।
आज बिहान ४ बजेको समयमा करिव २० मिटर माथिबाट खसेको पहिरोले थापाको घर पुरेको थियोे । पहिरोमा पुरिएर बेपत्ता भएका २२ वर्षीय थापालाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पहिरोमा पुरिएका ५० वर्षीय कमला थापाको भने प्रहरी र स्थानीयले सकुशल उद्धार गरेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

